२८ असार २०८३, आइतबार

हङकङमा लागू नयाँ शान्ति सुरक्षा नीतिलाई नेपालकाे समर्थन

हङकङमा लागू नयाँ शान्ति सुरक्षा नीतिलाई नेपालकाे समर्थन

नेपालले चीनद्वारा हङकङमा लागु भएको नयाँ शान्ति सुरक्षा नीतिलाई समर्थन गर्दै ‘एक चीन नीति’ को पक्षमा रहेको बताएको छ। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कुरामा विश्वास गर्दछ र हङकङमा कानुन र सुव्यवस्था कायम गर्ने चीनको प्रयासलाई समर्थन गर्दछ।’ नेपालले  शान्ति, सुव्यवस्था कायम गराउने र कानुनको पालना गराउने मुलुकको मुख्य जिम्मेवारी रहेको पनि औँल्याएको छ।

बेइजिङले विशेष प्रशासकीय क्षेत्र हङकङका लागि नयाँ सुरक्षा कानुन ल्याएपछि अमेरिकाले त्यसको विरोध गरेको छ। तर नेपालले समर्थन गरेकाे हाे।

salt training

कमेन्ट गर्नुहोस्