१९ असार २०८३, शुक्रबार

गण्डकी प्रदेशमा अहिलेसम्मकै उच्च संक्रमण : एकैपटक १६ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५४

जेठ २२, २०७७
गण्डकी प्रदेशमा अहिलेसम्मकै उच्च संक्रमण : एकैपटक १६ संक्रमित भेटिए, कुल  संक्रमितको संख्या ५४

गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा एकैपटक १६ संक्रमित फेला परेका छन् । याे अहिलेसम्मकै उच्च संख्या हाे ।

बागलुङ, म्याग्दी, पर्वत र स्याङ्जामा भेटिएका १६ नयाँ संक्रमितमध्ये १ जना महिला हुन् । बागलुङमा मात्रै नयाँ १० जनामा कोरोना संक्रमण भेटिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेकी  ३३ वर्षीया महिलासहित २२ र २९ वर्षीय २ जना, वडीगाड गाउँपालिका ठेगाना भै सोहटी पालिकास्थित क्वारेन्टाइनमा रहेका १६, २०, २१ र २५ वर्षीय ४ जना, गल्कोट नगरपालिका ठेगाना भै सोही पालिका स्थित क्वारेन्टाइनमा रहेका २०, २२ र २३ वर्षीय ३ जना पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको हाे ।

स्याङ्जा कालीगण्डकी गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका १८ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पर्वत फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २१ र २१ वर्षीय २ जना पुरुष र सोही जिल्ला बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २४ र २८ वर्षीय २ जना पुरुषमा गरी पर्वतमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

म्याग्दीकाे मंगला गाउँपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका  १९ वर्षीय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ  । 

यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५४ पुगेकाे स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनाेदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए।  ती मध्ये ३ जना उपचारपछि निकाे भई घर फर्केका छन्।

salt training

कमेन्ट गर्नुहोस्