२८ असार २०८३, आइतबार

इञ्जीनियरलाई अनुमति  परीक्षा लिने व्यवस्था गर्न माग

इञ्जीनियरलाई अनुमति  परीक्षा लिने व्यवस्था गर्न माग

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा इञ्जीनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ बारे सरोकार भएका निकायसँगको छलफल शुरु भएको छ ।

बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकलाई समृद्ध र प्रभावकारी बनाउन सरोकार भएका निकायसँग छलफल थालेको बताइन् । सरोकार भएका निकाय र विज्ञसँगको वृहत छलफलपछि परिमार्जित गरी विधेयक पारित गरिने उनले बताइन् ।

समितिले नेपाल इञ्जीनियर्स एशोसिएसनसँग बुधबार छलफल गरेको हो । एशोसिएसनका अध्यक्ष त्रिरत्न मानन्धरले इञ्जीनियरलाई अनुमति (लाइसेन्स) परीक्षा लिनुपर्ने व्यवस्था हुनैपर्नेमा जोड दिए । एशोसिएसनका उपमहासचिव कपिल आचार्यले इञ्जीनियरसँगै सवइञ्जीनियर र परामर्श दातालाई पनि अनुमति (लाइसेन्स) परीक्षाको व्यवस्था गरिनुपर्ने माग राखे । बैठकमा बोलेका समितिका सदस्य सांसदले पनि इञ्जीनियरलाई लाइसेन्स परीक्षा लिने व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्