
कोरोनाको संक्रमण बढ्दै गएपछि बन्दाबन्दी (लकडाउन) को विषयमा छलफल गर्न उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायमा तीनै जिल्लाका प्रमुखहरूको बैठक बसिरहेको छ ।
लामो समयको लकडाउनले व्यवसाय चौपट भएको बन्दै व्यवसायीले लकडाउन उल्लंघन गर्ने चेतावनी दिएपछि यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयलाई लिएर बैठक बसको हो ।
हिजो (बुधवार) दरबारमार्गका व्यापारीले पसल खोलेका थिए भने आज (बिहीवार) न्यूरोडका व्यापारीले घरभाडा समेत तिर्न अप्ठ्यारो भएको भन्दै पसल खोलेपछि यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठक बसेको बैठकमा सहभागी एक अधिकारीले लोकान्तरलाई जानाकारी दिए ।