
काठमाडौं– काठमाडौंको कुलेश्वरमा मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा एउटा ट्रक भासिएको छ ।
ना ५ ख ५६६ नम्बरको ट्रक उपत्याका बाहिरबाट खाद्यान्न लिएर आएको थियो । आयोजनाले खनेर कमजोर अवस्थामा छोडेका कारण ट्रक भासिएको हो ।
पछिल्लो समयमा खानेपानी तथा विद्युतको लाइन विस्तारका क्रममा खनेकोे सडकलाई व्यवस्थित र बलियो बनाउनु भन्दा पनि काम चलाउ बनाउने प्रवृत्तिले दुर्घटना बढेको छ ।
