
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सरोज पन्त र रामेछापका अनिल खत्री छन् । उनीहरूलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्त पन्तले एकजना युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख र खत्रीले दुबई पठाउने बहानामा छ जनाबाट २३ लाख असुलेका थिए । दुवै अभियुक्तलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग चलान गरिएको छ ।