मुम्बई, ७ पुस– शाहरुख खानको आउन लागेको फिल्म रईसमा सनी लियोनको आइटम गीत ‘लैला ओ लैला’ युट्युबमा सार्वजनिक गरेकै दिन वुधवार मात्रै ६० लाखले हेरेका छन् । यस गीतमा एकलाखभन्दा बढीले लाइक गरेका छन् । यस गीतमा सनी लियोनीले निकै हट प्रस्तुति दिएकी छिन् ।
यस गीतका गायक पावनी पाण्डे हुन् भने संगीत राम संपथले दिएका छन् । यो गीत सन १९८० मा आएका कुर्बानी फिल्मको गीतको रीमेक हो । एजेन्सी