०६ साउन २०८३, बुधबार

‘भारतीय चेलीको दादागिरी’को विषयले संसद्‍मा हंगामा

‘भारतीय चेलीको दादागिरी’को विषयले संसद्‍मा हंगामा

संसद्मा भारतीय चेलीहरूको दादागिरी बढेको भन्ने नेकपा सांसद गंगा चौधरी सत्गौवाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै मधेसकेन्द्रित दलका सांसदहरूले संसद्मा विरोध जनाएका छन् । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर समाजवादी पार्टी नेपालकी सरिता गिरीले सत्तारुढ सांसदको अभिव्यक्ति घृणाको अभिव्यक्ति भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरिन् । 

सांसद गिरीले घृणाको अभिव्यक्ति कानूनी कारवाहीका लागि आधार हुने भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

उनले यो विषय संसद्को रेकर्डमा कायम रहे विभाजनको दरार उत्पन्न हुने जिकिर गरिन् ।

आफूले भारत र चीनसँग वार्ता गर्न आग्रह गरेपछि मिडियाले भारतसँग नसोधी नक्सा प्रकाशित गरेको भनेर तोडमोड गरेको आरोप उनले लगाइन् ।

राजपाकी अमृता अग्रहरीले सत्तारुढ दलकी सांसदको अभिव्यक्ति अस्वीकार्य भएको भन्दै गंगा चौधरीले माफी माग्नुपर्ने बताइन् । 

उनले यसो भन्दै गर्दा नेकपाका सांसद खगराज अधिकारी र झपट रावल उठेर नियमापत्ति जनाएका थिए ।

त्यसपछि सभामुख अग्नि सापकोटाले अग्रहरीलाई मर्यादित ढंगले बोल्न र नेकपा सांसदलाई बस्न रुलिङ गरे । 

‘संसद् कसैको अपमान गर्ने थलो होइन, कसैको रगत उम्लेमा बाग्मतीमा गएर पौडी खेल्न सुझाव दिन्छु,’ उनले भनिन् ।

राजपा सांसद अग्रहरी बोलेपछि सभामुख सापकोटाले कार्यसूचीअनुसार शिक्षा समितिकी सभापति जयपुरी घर्तीलाई प्रतिवेदन पेश गर्न समय दिए ।

त्यलसगत्तै मधेस केन्द्रित दलका सांसदहरु उठेर विरोध जनाएका थिए । ‘आजलाई बस्नुस्, पछि उपयुक्त समयमा छलफल गरौंला,’ सभामुख सापकोटाले आग्रह गरे ।

यसअघि गत १८ गते बसेको बैठकमा नेकपा सांसद सत्गौवाले नेपालको संसद्मा भारतीय चेलीहरूको दादागिरी बढेको आरोप लगाएकी थिइन् । संसद्मा भारतमा जन्मिएर अंकीकृत नागरिकता प्राप्त गरेका केही सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्