२३ असार २०८३, मंगलबार

संशोधन पास पारित गर्न नदिने एमालेसहितको गठबन्धनको निर्णय

कात्तिक २०, २०७४
संशोधन पास पारित गर्न नदिने एमालेसहितको गठबन्धनको निर्णय
काठमाडौं, १४ एमाले नेतृत्वको नौं दलीय गठबन्धले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक पास गर्न नदिने निर्णय गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको नौ दलीय गठबन्धनको बैठकले सरकारले दर्ता गरेको विधेयक राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै कुनै पनि हालतमा पास हुन नदिने निर्णय गरेको हो ।

बैठकपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संशोधन विधेयकले मुलुकलाई विखण्डन गर्ने भएकाले यसलाई असफल पार्ने निर्णय भएको बताए ।

बैठकले वैशाख ३१ गते देशभर चुनाव हुने वाताबरण भएपनि सरकारले दुई चरणमा निर्वाचन गर्ने भनेर सरकारले निर्वाचन गर्न नचाहेको स्पष्ट भएको बताएको छ ।

बैठकले संशोधन विधेयकमा संशोधन दर्ता गर्ने निर्णयसमेत गरेको छ जसका लागि ७२ घण्टाको समय दिइएको छ ।
बैठकमा एमाले, माले, नेककिपा, परिवार दल, दलित जनाजाती पार्टीका नेताहरु सहभागि थिए ।

salt training

कमेन्ट गर्नुहोस्