
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आइतवार बिहान एक सूचना सार्वजनिक गर्दै कुल संक्रमितको संख्या १ सय १३ पुगेको जनाएको छ ।
निर्देशनालयका अनुसार, स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्याङ्जाको वालिङ नगरपालिकामा २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष तथा भिरकोट नगरपालिकामा ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बाग्लुङको बडिगाड गाउँपालिकामा २५, ३२, २५, ५२, ४२, २२, २९, २९, २६ र १ जना उमेर नखुलेको पुरुष तथा ढोरपाटन नगरपालिकामा २६ वर्षीय मानिसमा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयले ती २६ वर्षीय मानिसको लिंग खुलाएको छैन ।
यस्तै गोरखाको पालुङटार नगरपालिकामा १७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने गण्डकी गाउँपालिकामा २५, ३२, २०, ४३, ३०, २०, २१, २१, २३ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

*यसअघि अर्को तस्वीर पर्न गएकोमा क्षमा प्राथी छौं ।