१९ असार २०८३, शुक्रबार

‘बाजेले देश घात गरे भन्दै नाति पनातिले कविता र साहित्य लेख्नेछन्, ख्याल गर्नुहोला !’

‘बाजेले देश घात गरे भन्दै नाति पनातिले कविता र साहित्य लेख्नेछन्, ख्याल गर्नुहोला !’

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकी आर्थिक सहयोग (एमसीसी)को सहयोग हस्ताक्षर गर्ने मन्त्रीले ७ पुस्ता नर्क जाने चिन्ताबारे सोच्न आग्रह गरेका छन् ।

वियोजन विधेयक अन्तर्गत ऊर्जा मन्त्रालयका लागि विनियोजित शीर्षकको खर्च कटौती प्रस्ताव आइतवार प्रतिनिधि सभा बैठकमा पेश गर्दै सांसद सुवालले आफ्नै बाजेले देश घात गर्यो भनेर नाति पनातिले कविता र साहित्य लेख्ने दिन आउनेबारे सोच्न आग्रह गरेका हुन् ।

उनले भने, ‘माथिल्लो कर्णाली भारतलाई किन दिएको ? एमसीसी खारेज गरौँ, माथिल्लो कर्णालीको सम्झौता खारेज गरौँ । बिजुली दिएर खाना पकाउने ग्यास आयात पूर्ण रोकौं । हिरोसिमा र नागासाकिमा बम फाल्ने अमेरिकाले भोलि काठमाडौंमा फाल्दैन भन्ने के ग्यारेन्टी । यो विषय विचार गरौ, ख्याल गरौँ । देश हार्ने विदेशी जित्ने काम किन ? एमसीसी हस्ताक्षर गर्ने मन्त्रीले होस पुर्याउनु होला ।'

सुवालले थपे - '७ पुस्ता नर्क जानेबारे चिन्ता लिनु होला । आफ्ना नाति पनातिले कविता र साहित्य लेख्ने छन्, बाजे मन्त्री भएर देश घात गर्नुभयो भनेर । राणाले दमन गरेका थिए, भारत भाग्नुपर्यो मन्त्रीहरुले सोच्नु होला ।’

स्वर्ग या नर्क जस्तो अन्धविश्वासी कुरा संसदमा नबोल्ने परंपरा भएपनि सुवालको भनाइमा कसैले नियमापत्ति भने गरेनन् ।

salt training

कमेन्ट गर्नुहोस्