
आध्यात्मिक गुरु श्री श्री रविशंकरले हालको महामारीको कारण उत्पन्न विचलन तथा मानसिक द्वन्द्वमा परेका व्यक्तिहरूलाई भावनात्मक शान्ति प्रदान गर्न अथक प्रयास गरिरहेको बताएका छन् ।
नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरूसँग भिडियो कन्फरेन्समा छलफल गर्दै रविशंकरले यो महामारीलाई चुनौतीको रूपमा नभई अवसरका रूपमा हेर्नुपर्ने बताएको द आर्ट अफ लिभिङ संस्थाले एक विज्ञप्तिमार्फत जनाएको छ ।
'नेपालीहरू स्वाभावैले मेहेनेती र संस्कारी छन्,' रविशंकरको भनाइ उदृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, 'नेपाल प्राकृतिक स्रोतहरूले भरिपूर्ण भएका कारण यसलाई पूर्वको स्विजरल्याण्ड बनाउन सकिने प्रवल सम्भावना छ ।'
उनले नेपाली युवाहरूले आफ्ना संस्कार तथा संस्कृतिका साथ प्रगाढ रूपमा जोडिएर रहनुपर्ने कुराको महत्त्वलाई जोड दिँदै पूर्व र पश्चिमको सबै भन्दा उत्तम कुराहरूलाई अंगाल्नु पर्ने बताए ।
हेर्नुहोस् विज्ञप्तिको पूर्ण अंश -