२९ असार २०८३, सोमबार

पदाधिकारीको टुंगो लागेपछि निर्वाचन आयोगमा आजै दर्ता हुँदै जसपा

पदाधिकारीको टुंगो लागेपछि निर्वाचन आयोगमा आजै दर्ता हुँदै जसपा

पाँच पदाधिकारीको टुंगो लागेपछि जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोग जाने भएको छ ।

समाजवादी पार्टीको तर्फबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीको तर्फबाट महन्थ ठाकुर अध्यक्ष रहने सहमति भएको छ भने थप दुई पदाधिकारीमा राजेन्द्र महतो र अशोक राई रहनेछन् ।

जसपाका नेता प्रशान्त सिंहले डाक्टर भट्टराई संघीय परिषदको अध्यक्ष रहने र यादव र ठाकुर केन्द्रीय समितिको अध्यक्ष रहने गरी सहमति भएको बताए ।

आइतवार अपराह्न जसपाका नेताहरू निर्वाचन आयोग जाने तयारी गरिरहेका छन् ।

'हामी समाजवादी पार्टीको कार्यालयमा जुटिसकेका छौं, केहीबेरमा आयोग जाँदैछौं,' सिंहले लोकान्तरसँग भने ।

अहिले पदाधिकारीको टुंगो लागेपनि थप नेताहरूको व्यवस्थापन गर्ने चुनौती जसपासामु छ । त्यो बिस्तारै गर्दै जाने सिंहले बताए ।

सरकारले दल विभाजन खुकुलो बनाउने अध्यादेश ल्याएपछि समाजवादी र राजपाको रातारात एकता भएको थियो । गत वैशाख १० नयाँ पार्टी जसपा बनाउने निर्णय नेताहरूले गरेका थिए ।

आयोगमा दल दर्ताको निवेदन दिएपछि राजनीतिक दलसम्बन्धी ऐन अनुसार ४५ दिनभित्र एकताका सम्पूर्ण कामहरू पूरा गरिसक्नुपर्ने थियो ।

उक्त मिति हिजै सकिएको भएतापनि हिजो शनिवार परेकाले नयाँ दल आज दर्ता हुने भएको हो ।

कमेन्ट गर्नुहोस्