०३ साउन २०८३, आइतबार

राष्ट्रिय सहमतिका लागि विनियोजन विधेयक बाधक: डा. रिजाल

राष्ट्रिय सहमतिका लागि विनियोजन विधेयक बाधक: डा. रिजाल
फाइल फोटो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सहमतिका लागि अहिलेको विनियोजन विधेयक बाधक  रहेको बताएका छन्।

यसलाई सच्याएर राष्ट्रिय अठोटअनुरुप सहमति कायम गराउन आफूहरुले प्रस्तुत गरेको संशोधन प्रस्तावलाई स्वीकार गर्न उनले संसदमा माग गरे।

प्रतिनिधिसभामा  विनियोजन विधेयक २०७७ का  विभिन्न शीर्षकमाथि जारी छलफलमा भाग लिँदै उनले  कोरोनाको कहरबाट संकटग्रस्त अवस्थामा पुग्ने जोखिममा रहेको देशलाई जोगाउन राष्ट्रिय योजना आयोगलाई उद्धार, राहत, उपचार र अर्थतन्त्र उकास्ने  ठोस राष्ट्रिय कार्ययोजना बनाउन सुझाव दिए। 

 

salt training

कमेन्ट गर्नुहोस्