२० असार २०८३, शनिबार

चुनावमा हुम्लेलीलाई २५ सय क्विन्टल चामल !

कात्तिक २०, २०७४
चुनावमा हुम्लेलीलाई २५ सय क्विन्टल चामल !

काठमाडौं, १४ वैशाख –सरकारले आसन्न स्थानीय तहको निर्वाचनमा हुम्लामा २ हजार ५ सय क्विन्टिल चामल वितरण गर्न लागेको छ । नेपाल खाद्य संस्थानले शनिवारदेखि उक्त परिमाणको चामल ढुवानी गर्न लागेको छ ।

चामल ढुवानीका लागि ठेक्का लाग्न नसकेपछि संस्थानले नेपाली सेनाको हवाईजहाजबाट ढुवानी गर्न लागेको हो । संस्थानले नेपाली सेनाको स्काई ट्रकबाट दैनिक औषतमा ५ सय क्विन्टलका दरले चामल ढुवानी गर्न लागेको हो ।

संस्थानलाई विनियोजित बजेटबाटै चामल ढुवानी गर्न लागेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । सडक मार्गबाट ढुवानी गर्न समय र लागत पनि बढी लाग्ने भएपछि हवाईजहाजबाट चामल ढुवानी गर्न लागिएको हो ।

प्रवक्ता सापकोटाका अनुसार हुम्लास्थित संस्थानको गोदाममा हाल ५ सय क्विन्टल चामल मौज्दात छ । ‘मौज्दातको चामल सकिँदै जान लागेपछि थप ढुवानी गर्न लागेका हौं,’ संस्थानका प्रवक्ता सापकोटाले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्