
कैलालीमा एक महिलाले तिम्ल्याहा (तीन) सन्तानको जन्म दिएकी छन्।
कैलारी गाउँपालिका ९ गदरियाकी २२ वर्षीया कविता चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा शल्यक्रिया मार्फत डेलिभरी भएको थियो।
उनले पहिलो सन्तान छोरी, दोस्रो छोरा र तेस्रो छोरीको जन्म दिएको अस्पतालले जनाएको छ। तीन वटै शिशु र आमाको अवस्था सामान्य रहेको चिकित्सकले आफूलाई जानकारी दिएकाे कविताका पति राजेन्द्रले बताए।
