१९ असार २०८३, शुक्रबार

बलियो र चम्किलो कपाल बनाउन गर्नुहोस् यी काम

कात्तिक २०, २०७४
बलियो र चम्किलो कपाल बनाउन गर्नुहोस् यी काम
टिट्री तेल
कपाल नरम र सुन्दर बनाउन हप्तामा दुईदेखि तीनपटक टिट्री तेलले अनिवार्य मसाज गर्नुहोस् । औँलाको टुप्पाको सहायताले कपालको जरामा पुग्ने गरी यो तेल लगाउनुपर्छ । यसो गर्दा चायाका कारण कपालको जरामा फोहोर जमेको छ भने त्यसलाई निकाल्छ । जसले टाउकोमा हुने चिडचिडाहटबाट जोगाउँछ । साथै, टाउकोको छालामा पोषण पनि प्रदान गर्छ ।

हेयर प्याक
हेयर प्याकले कपाललाई हावाबाट बचाउ“छ । एउटा एबोकाडोको गुदीमा दुई चम्चा तोरीको तेल या अन्डाको पहे“लो भाग मिलाई पेस्ट बनाउने र त्यो पेस्टलाई कपालमा मक्सजस्तै गरी लगाउने । यो मक्सको प्रयोगले एबोकाडोबाट कपाललाई भिटामिन ए र ई प्राप्त हुन्छ । जसबाट कपालको रुखोपना हराउँछ । अन्डाले कपालमा प्राकृतिक कन्डिसनरको काम गर्छ । यसले कपाललाई चम्किलोपन पनि दिन्छ । यो प्याक बनाएर आधा घन्टासम्म राख्ने । त्यसपछि पाँच मिनेटका लागि स्टिम दिने । स्टिम लिनाले कपालको जराछेउमा रहेका छिद्र खुल्न गई प्याकको पोषण भित्री भागसम्म पुग्छ ।

कन्डिसनिङ
रेसमी कपाल प्राप्त गर्न स्याम्पु र कन्डिसनरको साथ कन्डिसनिङ पनि आवश्यक पर्छ । यसका लागि आधा कप पानीमा सिरका र बियर मिक्स गर्नुपर्छ । त्यसलाई कपालमा स्याम्पुपछि प्रयोग गर्नुपर्छ । यसो गर्नाले कपाल मोस्चराइज हुनुका साथै चमक पनि ल्याउने गर्छ ।
प्रोटिन
कपाल कडा प्रोटिनले बनेको हुन्छ । त्यसैले खानामा दूध, दही, विभिन्न गेडागुडी, हरियो सागपात, अन्डा, माछा हुन जरुरी छ । यसका अलवा डाइटमा भिटामिन ए, सी र ईको मात्रा बढाउनुपर्छ । भिटामिन एले कपाललाई पोषण दिन्छ, सीले कपाललाई चकम प्रदान गर्छ । त्यस्तै, ईले कपालको लम्बाइ बढाउँछ । भिटामिन ए पहेँलो फलफूलमा पाइन्छ । सी अमलामा प्रशस्त हुन्छ । ई बदाम र एबोकाडोमा पाइन्छ ।How-to-get-smooth-silky-hair-Here-are-3-the-best-remedies-620x399

इस्टिमिङ
कन्डिसनिङ कपाललाई विशेष आवश्यक हुन्छ । यसले कपाललाई सुरक्षित राख्नुका साथै हाँगा फाट्ने समस्याबाट पनि जोगाउँछ । कन्डिसनिङ गरिसकेपछि तातो पानीमा टावेललाई भिजाएर निचोर्नुस् । त्यसले दुई–तीन मिनेट कपाल या टाउकोमा बेर्नुहोस् । यसो गर्नाले कपाल सिल्की र नरम हुन्छ ।
हेयर सिरोम
यो कपालमा रहिरहने कन्डिसनर हो । सिरोमले कपाललाई लट्टा पर्नबाट जोगाउँछ । कपाललाई स्मुथ बनाउनुका साथै कोर्टिङ पनि प्रदान गर्छ । यसले कपाललाई सूर्यको किरणबाट हुने नोक्सानीबाट जोगाउँछ । अल्ट्राभ्वायलेट किरण र अन्य हानिकारक तत्वबाट सुरक्षा प्रदान गरेर कपालमा चमक बनाउँछ ।
मसाज
टाउकोको छालाको रक्तसञ्चार बढाउन हप्तामा एकपटक मसाज आवश्यक छ । साथै, मसाजले कपाललाई चम्किलो र नरमसमेत बनाइराख्छ ।
स्याम्पु
टाउकोको छाला र कपालका लागि स्याम्पु धेरै राम्रो हुन्छ । तर, कपालको स्ट्रक्चरअनुरूप सही स्याम्पु छानेर प्रयोग गर्नुपर्छ । अन्यथा, कपाल झर्ने, फुस्रो हुनेलगायतका समस्या देखापर्न सक्छ ।
कल्पना शाक्य,ब्युटिसियन/नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्