१४ असार २०८३, आइतबार

सशस्त्र प्रहरीका जवानलाई तस्करले कुटे

कात्तिक २०, २०७४
सशस्त्र प्रहरीका जवानलाई तस्करले कुटे
रौतहट, १५ बैशाख - जिल्लाको बंकुलमा सशस्त्र प्रहरीका जवानमाथि स्थानीय तस्करले कुटपिट गरेका छन् । बिहीबार बिहान रौतहटको बंकुल नाकाबाट चिनी लिएर आउँदै गरेका तस्करलाई रोक्न गएका सशस्त्र प्रहरीका सहायक हवल्दार केशव भट्टलाई तस्कर र स्थानीय बासिन्दा मिलेर कुटपिट गरेका हुन् ।apf

बंकुल बजारबाट सोनरनिया जाने बाटोबाट चिनी लिएर आउँदै गरेका तस्करलाई भट्टले रोकेपछि तस्करको समूह र स्थानीयले उनलाई कुटपिट गरेको स्थानीय बासिन्दाले बताए । गाउँले र तस्करको समूहले लछारपछार गरिरहेको अवस्थामा गौर जान लागेको इलाका प्रहरी कार्यालय लक्ष्मीनियाको प्रहरी टोलीले उनलाई उद्धार गरेको थियो ।

सो क्रममा तस्कर समूहले प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेको स्थानीय बासिन्दाले बताए । घटना उग्र बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीसहितको टोली घटनास्थल पुगेर घटना सामसुम पारेको स्थानीय बासिन्दा आदर्श उपाध्यायले बताए ।

उद्योग वाणिज्य संघ बंकुल नाकाका अध्यक्ष सुमेश्वरनाथ जयसवालले घटना मिलाएका थिए । घुमुवा सशस्त्र प्रहरीलाई गौर तानिएको सशस्त्र प्रहरी बेस सीमा सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

बंकुलमा रहेको छोटी भन्सार कार्यालय स्थापना गराउन सम्बन्धित निकायले चासो नदेखाउँदा सुरक्षाकर्मीको मिलेमतोमा तस्करहरूले आफ्नो व्यापार–व्यवसाय बढाउँदै आएका छन् । रौतहट जिल्लाको दोस्रो ठूलो बंकुल छोटी भन्सारमा हिजोआज राजस्व उठाउने काम ठप्प भएको छ । सबैभन्दा बढी अवैध सामान भित्रने नाकाका रूपमा परिचित रहेको बंकुल भन्सारका कर्मचारी कामविहीन भएका छन् । काम नभएपछि सो कार्यालयका प्रमुख नायब सुब्बा सञ्जीवलाल कर्ण कार्यालयमा समेत बस्न छाडेका छन् ।

नेपाल तथा भारतका विभिन्न तस्करले दैनिक लाखौँ रुपैयाँको सामान तस्करी गर्दै आएका छन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्