०३ असार २०८३, बुधबार

इरानमा भेटिए मेस्सी जस्तै युवक, जो कोही झुक्किए

कात्तिक २०, २०७४
इरानमा भेटिए मेस्सी जस्तै युवक, जो कोही झुक्किए
बार्सिलोनाका लागि अर्जेन्टाइन स्टार लियोनल मेस्सीलाई विश्वमा नचिन्ने को होला ?

एल क्लासिकोमा रियल मड्रिडलाई उसकै घरेलु मैदानमा पराजित गरेसँगै थप चर्चामा पुगेका मेस्सीका एक समर्थक आजभोलि चर्चामा आएका छन् ।

इरानी समर्थक रिजा पेरेस्तेस फुटबलर लियोनल मेस्सी जस्तै देखिन्छन् । सामान्य अवस्थामा उनलाई भेट्दा जो कोही पनि झुक्किन सक्छ ।

इरानको एक समान्य परिवारमा जन्मिएका रिजा लियोनल मेस्सीको देश अर्जेन्टिनाको जर्सीमा भेटिएको फोटो इरानको समाचार संस्था मिहरले तस्वीर सार्वजनिक गरेको थियो ।

उनको अनुहार मात्र नभएर गेटअप समेत मेस्सीसँग मिल्दो जुल्दो रहेको छ । उनलाई देख्ने जो कोही फुटबल फ्यान झुक्किने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्