२२ असार २०८३, सोमबार

संविधान संशोधनमा मात्र होइन, भूमि फिर्ताको वार्तामा पनि हाम्रो समर्थन रहन्छ : देउवा

संविधान संशोधनमा मात्र होइन, भूमि फिर्ताको वार्तामा पनि हाम्रो समर्थन रहन्छ : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको पक्षमा सबै दलको एकता देखिनु अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन् ।

राष्ट्रहित र अखण्डताको लागि सबै एक छन् भन्ने प्रस्ट भएको उनले बताए । 

नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा भाग लिँदै सभापति देउवाले संसदीय दलमा संशोधनलाई समर्थन गर्ने निर्णय गरेको उल्लेख गरेको बताए । 

‘अरु कुरा पछि बोलौंला, जुन प्रस्तावमा भोट हुँदैछ, सम्पूर्ण नेपाली एक भएको महत्त्वपूर्ण कुरा हो, भोलिको दिनमा कूटनीतिक तवरले भूमि फिर्ता ल्याउन हाम्रो तर्फबाट सपोर्ट हुने कुरा विश्वास दिलाउन चाहन्छु,’ देउवाले भने ।

सन् १८१६ को सुगौली सन्धिका अनुसार कालीनदी सीमा नदी भएको स्पष्ट रहेको तथा चिनियाँको नक्सामा पनि कुटीयाङ्दी भन्ने रहेकाले कालीनदी पूर्वको भूभाग नेपालको भन्नेमा दुईमत नभएको देउवाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्