
कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका २५ वर्षीय पुरुष र बाराको निजगढका ५ वर्षीय बालकको कोरोनाले मृत्यु भएको पुष्टि गरे ।
पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता गौतमले थप २७३ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिए । देशभर कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पर्सामा जेठ २८ गते मृत्यु भएका पुरुषको नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।
बाराको निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए । यसरी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।