
लिपुेलकसम्म फैलिएको नेपालको नयाँ नक्सा संसदबाट पारित भएको खुसीयालीमा शनिबार साँझ प्रदेश ५ को राजधानी बुटवलसहित विभिन्न सहरमा दीप प्रज्जवलन गरिएको छ।
बुटवलको ट्राफिक चोक, तिलोत्तमाको शंकरनगर, सिद्धार्थनगरको भैरहवा लगायत ठाउँमा दीप बालेर खुसीयाली मनाइएको हो। कार्यक्रममा नेता कार्यकता स्वःस्फूर्त रुपमा नेपाली झण्डा र ब्यानरसहित सडकका आएका थिए।
लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत शनिबार नै पारित गरेको थियो।
बुटवलको ट्राफिक चोकमा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य दधिराम न्यौपाने (माधव) ले अब कालापानीबाट भारतीय सेनालाई हटाउन भारतसँगै बार्ता गर्न आवश्यक रहेको बताए। उनल भारतसँगको सम्बन्ध सधै सुमधुर हुने बताए। आगामी दिन पनि राष्ट्रिय एकताको पक्षमा एकढिक्का हुनुपर्ने बताए।
नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले खुसीयाली साटट दीप प्रज्जवलन गरिएको बताए । स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न देश नेपालको भूमी कही नखोसिने बताए । नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईले अब राष्ट्रिय एकता र अखण्डतालाई मजबुद बनाउदै अगाडि बढनुपर्ने बताए । 
