
पछिल्ला दिनमा उत्तर कोरिया र अमेरिकाबीचको तनाव जारी रहँदा कयौंले तेस्रो विश्वयुद्धका संकेतका रुपमा समेत लिइएको छ ।
उत्तर कोरियाले केही दिन अघि आफ्नो राष्ट्रिय दिवस मनाएको थियो जहाँ उसले पहिलो पटक विदेशी सञ्चार माध्यमहरुलाई समेत बोलाएको थियो र आफ्नो शक्ति प्रदर्शन गरेको थियो ।
उक्त परेडका क्रममा उत्तरले हतियार र मिसाइल प्रदर्शन गरिएको थियो जसमा नयाँ खालका हतियार देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उत्तर कोरियामा केही यस्ता अनौठा तथ्यहरु रहेका छन् जस बारे तपाई जानकार नहुन सक्नु हुन्छ ।
उत्तरु कोरियामा जिन्सका कपडा लगाउन प्रतिवन्धित छ । त्यसमा पनि व्लू जिन्सलाई कोरियाले अमेरिकाको पहिचान भन्दै त्यसमा प्रतिवन्ध लगाएको छ ।
उत्तर कोरियामा कुनै पनि पोर्न फिल्म हेर्न मिल्दैन । यदी कसैले पोर्न फिल्म हेरेको पत्ता लागेका उसलाई फाँसी हुन्छ ।

उत्तर कोरियामा सैनिक र सरकारी अधिकारीलाई मात्र कार किन्ने छुट छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हुन् किमले आफ्ना काकालाई यसकारण मारे की उनले गद्दारी गरेका थिए । किमले उनलाई भोकाएको कुकुरको पिजडामा हालेर मारेका थिए ।
उत्तर कोरियामा भिखारीको तस्वीर खिच्न प्रतिवन्ध लगाइएको छ ।
उत्तर कोरियाका महिलाले आफ्नो इच्छा अनुसार कपालको स्टाइल बनाउन पाउँदैनन् । सरकारले महिलाका लागि २८ प्रकारका हेयर स्टाइल तय गरेको छ जसमध्ये कुनै बनाउन सक्छन् ।

उत्तर कोरियामा रक्सी पिउनु पनि प्रतिवन्धित छ । एक पटक २०१३ मा उत्तरका एक सैनिक अधिकारीलाई रक्सी पिएको आरोपमा फासी दिइएको थियो ।
उत्तरमा सरकारी टीभी बाहेकका टीभि हेर्नु गैरकानुनी हो । केही समयअघि अन्य देशका टिभी हेरेको आरोपमा ८० जनामाथि कारबाही भएको थियो ।
उत्तर कोरियामा धार्मिक स्वतन्त्रता छैन । एक महिलालाई बाइबल सर्वसाधारणलाई बाढेको आरोपमा हत्या गरिएको थियो ।