२४ असार २०८३, बुधबार

जगदम्बा स्टिल्सले राईनो फलामे डण्डीको उत्पादन थाल्यो

कात्तिक २०, २०७४
जगदम्बा स्टिल्सले राईनो फलामे डण्डीको उत्पादन थाल्यो

काठमाडौं, १५ वैशाख –शंकर गु्रपको भगिनी कम्पनी जगदम्बा स्टिल्सले राईनो फलामे डण्डीको उत्पादन थालेको छ । ‘ग्यारेण्टिड डक्टिलिटी’ सहितको ‘एफइ ५०० डी ग्रेड’मा कम्पनीले फलामे डण्डी उत्पादन थालेको हो ।

उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले राइनो ५०० डी नेपालमा भएको फलामे डण्डीभन्दा भिन्न र उच्च गुणस्तरीय भएको बताए । यस्तो छड नेपालमा पहिलोपटक उत्पादन थालिएको उनले दावी गरे ।

उत्पादन प्रक्रिया, भौतिक तथा उचित रसायनिक गुणको सम्मिश्रणले राईनो बजारका अन्य उत्पादनभन्दा फरक रहेको कम्पनीको दावी छ ।

डण्डीमा ग्रेड एफई ५०० डीमा सल्फर र फोस्फोरसको सम्मिश्रणको अधिकतम ०.०७५ प्रतिशत मात्र प्रयोग भएको छ । राईनो बजारमा पाइने डण्डिमा (एफइ ५०० ग्रेड) हरू भन्दा ३३ प्रतिशत बढी लचकताको गुण रहेको कम्पनीले बताएको छ ।

राईनो उच्च भुकम्पिय जोखिम भएको नेपालका लागि अति उपयोगी हुने कम्पनी बताउँछ ।
कम्पनीको विशेष खुद्रा विक्री केन्द्रमार्फत उपभोक्ताले ८ एमएम देखि ४० एमएम सम्मको साइजको राईनो ५०० डी फलामे डण्डी खरिद गर्न सक्छन् ।

salt training

कमेन्ट गर्नुहोस्