०७ साउन २०८३, बिहीबार

प्रेमिकालाई भेट्न होस्टल गएका चिकित्सकको पाइपबाट चिप्लेर मृत्यु

असार १, २०७७
प्रेमिकालाई भेट्न होस्टल गएका चिकित्सकको पाइपबाट चिप्लेर मृत्यु

भारतको मध्य प्रदेशको इन्दौरमा एक युवा चिकित्सकको प्रेमिकालाई भेट्न होस्टल जाँदा त्यहाँको पाइपबाट चिप्लेर मृत्यु भएको छ । 

प्रेमिकालाई भेटेर फर्किने क्रममा डाक्टरको गोडा पाइपमा चिप्लियो । उनलाई अस्पताल पुर्‍याइएको थियो र त्यहीँ उनको मृत्यु भयो । 

इन्डेक्स मेडिकल कलेजमा कार्यरत चिकित्सक प्रेमिकाको होस्टेलको तेस्रो तल्लाबाट पाइपमार्फत तल आइरहेको बेलामा चिप्लेका थिए ।

चिकित्सकको नाम आयुष हो । प्रेमिका एमबीबीएस पढिरहेकी थिइन् र आयुष इन्डेक्स अस्पतालमा इन्टर्नशिप गरिरहेका थिए । 

लकडाउन खुकुलो भएपछि उनकी प्रेमिका इन्दौर फर्केकी थिइन् । त्यसपछि प्रेमिकालाई भेट्न आयुष होस्टेल पुगेका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्