२९ असार २०८३, सोमबार

बंगलादेश र हङकङबाट उद्धार गरेर ल्याइएकाहरु क्वारेन्टाइनमा

बंगलादेश र हङकङबाट उद्धार गरेर ल्याइएकाहरु क्वारेन्टाइनमा

बंगलादेश र हङकङबाट उद्धार गरेर ल्याइएकालाई क्वारेन्टाइनमामा राखिएकाे छ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार काेराेनाबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइन थालिएकाे हाे।

साेही सिलसिलामा आइतबार बंगलादेशबाट नेपाल वायु सेवा निगमको जहाजबाट २ सय ५६ जनाकाे उद्धार गरिएकाे थियाे। जसमा प्रदेश १ का २१, २ का ५८, बाग्मतीका १ सय ३२, गण्डकीका १३, प्रदेश ५ का १५, कर्णालीका ६  सुदूरपश्चिमका  ७ जना, नेपाली सेनाका ४ जनाका जना थिए। उक्त जहाजमा सैनिक तालिमको शिलसिलामा आएका २ जना बंगलादेशी पनि थिए। उनीहरुलाई हाेम क्वारेन्टाइन र हाेटल क्वारेन्टाइनमा राखिएकाे जनाइएकाे छ। २ जना बंगलादेशीलाई भने शिवपुरी ब्यारेकमा क्वारेन्टाइनमा राखिएकाे सीसीएमसीले जनाएकाे छ।

साेमबार बिहान हङकङबाट ७ जना ल्याइएकाे छ। नेपाल वायु सेवा निगमको जहाजबाट ३ महिला र ४ पुरुष गरी ७ नेपालीलाई ल्याइएकाे सीसीएमसीले जनाएकाे छ। उनीहरु हाेटल क्वारेन्टाइनमा छन्।

salt training

कमेन्ट गर्नुहोस्