११ साउन २०८३, सोमबार

बलात्कार घटनाका दोषीलाई कडा कारवाही ग‍र्न कांग्रेसकाे माग

बलात्कार घटनाका दोषीलाई कडा कारवाही ग‍र्न कांग्रेसकाे माग

नेपाली काँग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको बलात्कारको घटना अत्यन्तै निन्दनीय र गम्भीर भएको उल्लेख गर्दै घटनामा संलग्नलाई बिना कडा कारवाही गर्न माग गरेको छ।

क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले साेमबार एक विज्ञप्तिमार्फत कैलालीको घटनामा दोषीलाई कानूनी कारवाही सँगसँगै क्वारेन्टिनको बेथिति झल्किएको उल्लेख गरेका हुन्।

मापदण्डविपरीतका अव्यवस्थित क्वारेन्टाइन कोरोना सङ्क्रमण विस्तारको केन्द्र बन्दै गएकाले देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेको बताए। बलात्कारमा घटनामा सामेललाई कानूनी कारवाहीसँगै यो घटनाको गम्भीर समीक्षा गरी राज्यको जिम्मेवार पदमा रहेर गैरजिम्मेवार बन्नेलाई कारवाही गर्न काँग्रेसले माग गरेको छ । क्वारेन्टाइनका बेथितिसमेतविरुद्ध दबाब दिन काँग्रेसले मंगलबार स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्