११ साउन २०८३, सोमबार

चिनियाँ जनमुक्ति सेनासँगको भिडन्तमा भारतीय सेनाका कैयौं सैनिक हताहत

असार २, २०७७
चिनियाँ जनमुक्ति सेनासँगको भिडन्तमा भारतीय सेनाका कैयौं सैनिक हताहत

पूर्वी लद्दाखमा सोमवार राति चिनियाँ जनमुक्ति सेनासँगको भिडन्तमा भारतीय सेनाका थुप्रै जवान हताहत भएको भारतीय सेनाले एक वक्तव्य जारी गरेर जनाएको छ । तीनजनाको मृत्युको पुष्टि भएको छ । 

मारिने अधिकृत कमान्डिङ अफिसर भएको बताइएको छ । 

गलवान उपत्यकामा तनाव मत्थर पार्ने प्रक्रिया अघि बढिरहँदा यो घटना भएको र दुवै पक्षका वरिष्ठ सैन्य अधिकृतहरू परिस्थितिलाई सामान्य बनाउनका लागि वार्ता गरिरहेको भारतीय सेनाको कथन छ । 

चिनियाँ पक्षको कोही हताहत भए नभएको स्पष्ट छैन । चिनियाँ पक्षले हानेको ढुंगा लागेर भारतीय सैनिकहरूको मृत्यु भएको स्रोतले जनाएका छन् । सेनाले यस विषयमा टिप्पणी गरेको छैन । 

भिडन्त पूर्वी लद्दाखको विवादित वास्तविक नियन्त्रण रेखामा भएको हो । 

घटनापछि सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले पठानकोटको निर्धारित भ्रमण रद्द गरेका छन् । 

भारत र चीनबीच सीमामा रहेका सैनिकहरूको गतिरोधको स्थितिलाई अन्त्य गर्न कूटनीतिक र सैन्य वार्ता गरिरहेका छन् । 

वास्तविक नियन्त्रण रेखा नजिकका दुई स्थानमा भारत र चीनका वरिष्ठ सैन्य अधिकृतहरूले दुईपटक वार्ता समेत गरेका छन् तर परिस्थिति झनै बिग्रिएको छ । 

सेनाप्रमुख नरवणेले अघिल्लो साता भारतीय र चिनियाँ फौजबीच डिसइंगेजमेन्ट चरणबद्ध तरिकाले गरिने बताएका थिए र परिस्थिति नियन्त्रणमै रहेको बयान दिएका थिए ।

भारत अहिले पांगोङ त्सोको उत्तरी किनारमा विकसित परिस्थितिको समाधान गर्नमा जोड दिइरहेको छ । उक्त स्थान सीमाविवादको केन्द्रमा छ । 

हिन्दुस्तान टाइम्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्