२४ असार २०८३, बुधबार

भारतीय सेनाले सच्यायो बयान, चिनियाँ सैनिक पनि हताहत भएको दियो जानकारी

असार २, २०७७
भारतीय सेनाले सच्यायो बयान, चिनियाँ सैनिक पनि हताहत भएको दियो जानकारी

लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच सोमवार राति भएको हिंस्रक भिडन्तमा दुवैतर्फ हताहती भएको भनी भारतीय सेनाले अघिल्लो बयान सच्याएको छ । 

अघिल्लो बयानमा उसले भारतीय सैनिकतर्फको हताहतीको मात्र जानकारी दिएको थियो । एक कमान्डिङ अफिसर र दुई जवानको मृत्यु भएको पुष्टि उसले गरेको थियो ।

भारतीय र चिनियाँ सैनिकहरूले रड र ढुंगा लिएर भिडन्त गरेका थिए । मे ५ र ६ मा पांगोङ त्सोको उत्तरी किनारमा पनि यस्तै भिडन्त भएको थियो । त्यसमा दुवै पक्षका सैनिकहरू घाइते भएका थिए । 

दुई देशबीच तनाव उत्पन्न भएपछि वास्तविक नियन्त्रण रेखाको ३४ सय ८८ किलोमिटर लामो क्षेत्रका विभिन्न ठाउँमा सैन्य उपस्थिति बढाइएको छ । 

वास्तविक नियन्त्रण रेखामा यसअघि भएमा भिडन्तमा सन् १९७५ पछि कसैको पनि मृत्यु भएको थिएन । त्यतिखेर अरुणाचल प्रदेशमा असम राइफल्सको गश्ती एम्बुशमा पर्दा चारजना जवान मारिएका थिए । 

चीनको पत्रिका ग्लोबल टाइम्सले भारतीय सैनिकहरू चिनियाँ सीमामा प्रवेश गरेको अनि सेनालाई उत्तेजित तसल्याएकाले गम्भीर भिडन्तको स्थिति आएको र वार्ताका माध्यमले समस्या समाधान गर्नुपर्ने भनी परराष्ट्मन्त्री वाङ यीको भनाइ उद्धृत गर्दै खबर दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्