२६ असार २०८३, शुक्रबार

क्यान्सरको शुरुवाती लक्षण यी हुन्, नगर्नुस् बेवास्ता

कात्तिक २०, २०७४
क्यान्सरको शुरुवाती लक्षण यी हुन्, नगर्नुस् बेवास्ता

क्यान्सर अहिलेको सर्वाधिक खतरनाक रोग हो । शुरुमै थाहा पाइएन भने यसको पूर्ण उपचार असम्भव हुन्छ । बिस्तारै रोगीलाई मृत्युको मुखमा पु–याउँछ यसले ।


तर कुनै पनि मानिसलाई अचानक क्यान्सर लाग्दैन । शरीरले पहिलेदेखि नै यसको संकेत दिन थाल्छ । शुरुवाती लक्षण चिनेर नियमित जाँचपरख गर्दा क्यान्सरबाट जोगिन सकिन्छ ।

अचानक तौल घटेमा
डाइटिङ र व्यायामविना नै तपाईंको तौल घटेमा क्यान्सरको संकेत हुन सक्छ । यसलाई बेवास्ता नगर्नुस् ।

शरीरमा पीडा
हुन त शरीरमा अनेकथरी पीडा भइरहेका हुन्छन् । ती सबै क्यान्सरका लक्षण होइनन् । तर लगातार शरीर दुख्यो भने चाहिँ क्यान्सरको संकेत हो । चार हप्ताभन्दा बढीसम्म जिउ दुख्यो भने बेवास्ता नगर्नुस्, तत्कालै चिकित्सकको परामर्श लिनुस् ।

भाइरल ज्वरो
मौसम परिवर्तन हुँदा भाइरल ज्वरो आउनु सामान्य हो तर लामो समयसम्म ज्वरो आयो भने चाहिँ यो पनि क्यान्सरको संकेत हो । यसो हुँदा राम्रो चिकित्सकको परामर्श लिनुपर्छ किनकि यो रक्त क्यान्सरको लक्षण हुन सक्छ ।

थकान
धेरै काम गरेपछि थकाइ लाग्नु साधारण कुरा हो तर शरीरलाई पर्याप्त मात्रामा आराम पुगेपनि थकान महसूस भएमा क्यान्सरको लक्षण हो । यस्तो भएमा तत्काल जँचाउनुस् किनकि शरीरमा क्यान्सर बढेको लक्षण हो यो ।

छालासम्बन्धी समस्या
हर्मोनको असन्तुलनको संकेत प्रायः हाम्रो अनुहारमा देखिन्छ तर छालामा रातो दाग देखिने अनि कपाल नबढ्ने भयो भने यो छालाको क्यान्सर वा फोक्सोको क्यान्सरको लक्षण हो ।

कफ वा पिसाबमा रगत
खोक्दा वा पिसाब गर्दा रगत आइरहेको छ भने गम्भीर चिन्ताको विषय हो । पिसाबमा अनियन्त्रित रूपमा रगत आएमा क्यान्सरको लक्षण हुन सक्छ ।

जलन वा अपच
कहिलेकाहीँ खाना पचाउन गाह्रो हुन्छ । तर सधैंजसो अपचको लक्षण देखिन थाल्यो भने चाहिँ चिकित्सकको परामर्श लिनुस्, क्यान्सर हुनसक्छ ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्