१२ असार २०८३, शुक्रबार

‘सरकार भ्रष्टाचार गर्न छोड, जनतालाई कोरोनाबाट जोगाउनेतिर लाग’

‘सरकार भ्रष्टाचार गर्न छोड, जनतालाई कोरोनाबाट जोगाउनेतिर लाग’

कोरोनाको नाममा भ्रष्टाचार गर्न छोडेर जनतालाई महामारीबाट जोगाउनतिर लाग्न नेपाली कांग्रेस रुपन्देहीले सरकारको ध्यानाकर्षण गराएको छ। 

मापदण्ड अनुरुप क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पिसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, कोरोनाको नाममा भइरहेका भ्रष्टाचार बन्द गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायत माग राख्दै कांग्रेस रुपन्देहीले मंगलबार भैरहवामा विरोध प्रदर्शन गरेको हो।

विपदका बेला जनतालाई महामारीबाट जोगाउनुको साटो सरकार आफैँ भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत कांग्रेस रुपन्देहीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले प्रमुख जिल्ला अधिकारी महादेव पन्थमार्फत ज्ञापनपत्र बुझाउदै कोरोना नियन्त्रणगरी जनतालाई विपद्बाट सुरक्षित राख्न सरकार पूर्ण असफल भएको बताए। ‘सरकार जनताको अभिभावक हो उसले जनतालाई कोरोनाबाट जोगाउनु पर्नेमा आफै भ्रष्टाचारमा लिप्त छ। भ्रष्टाचारीलाई संरक्षण गर्ने खेलमा लागेको छ,’ सभापति रज्जाकले भने।

राष्ट्रिय विपद्को अवस्थामा पनि स्वास्थ्य सामग्री खरीदमा पटकपटक भइरहहेको अनियमितताले आमनागरिकलाई स्तब्ध बनाएको र कमिसनकै कारण स्वास्थ्य सामग्री आपूर्तिमा समस्या थपिएको सभापति रज्जाकले बताए। राजनितिक दलको निरन्तर साथ र सहयोग पाएपनि सरकारले कोरोना विरुद्धको अभियानमा सक्षम ढंगले नेतृत्व गर्न नसकेको कांग्रेसको आरोप छ।

कोरोनाले नागरिकको जीवनमा परेको आर्थिक संकटलाई कम गर्नेतर्फ सरकार गम्भीर नभएको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए।  

स्वास्थ्य सामग्रीको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसन मापदण्ड अनुरुप संचालन गर्न, क्वारेन्टाइन र आइसोलेसनमा राखिएका सबैलाई पीसीआर परिक्षण गरेर मात्रै घर पठाउनुपर्ने, १० अर्बको खर्च विवरण र अनियमितताबारे छानब्ीिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको सचिव खाँणले बताए।  

बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता, अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउनुपर्ने, साना, ठूला उद्योग, व्यापार, व्यवस्थाको संरक्षण र श्रमिक मजदुर उद्यमीको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेजको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ।

भैरहवास्थित कंँग्रेसको पार्टी कार्यालयबाट सुरु भएको व्यानर र प्लेकार्ड सहितको ¥याली बैंक रोड, मिलनचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाइएको हो।  

salt training

कमेन्ट गर्नुहोस्