
बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्यु घटनाबारे अनेक कोणबाट टिकाटिप्पणी भइरहेको छ। सुरुमा उनले आत्महत्या गरेको खबर आए पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
नायिका रवीना टन्डनले त बलिउड उद्योगमाथि रिस पोखेकी छन्।
उनले यस घटनापछि कयौँ ट्वीट गरेकी छन्।
‘बलिउड (इन्डस्ट्रीमा घटिया गर्ल ग्यांग र क्याप्स छ। मजाक उडाउछन्। कुनै फिल्ममा नायक वा उनकी गर्लफ्रेन्डले भनेको आधारमा निकालिदिइन्छ। चम्चा र मान्छेको करियर बर्बाद गरिदिने फेक मीडिया स्टोरीज। कहिले काहिँ मान्छेको करियर बर्बाद पनि भएको छ। तपाईँ इन्डस्ट्रीमा बनिरहन लडनु हुन्छ।’
उनले अर्काे ट्वीटमा भनेकी छन्, ‘जब तपाईँ साचो बोल्नुहुन्छ तब झूठा, पागल, साइको भएको ब्रान्ड लगाइन्छ। इन्डस्ट्रीमा मेरा जन्म भएको छ, म आभारी छु। तर किन यहाँ खेल्ने फोहोरी राजनीतिको निशान छेडिन्छ।