१९ असार २०८३, शुक्रबार

डिल्लीबजारका मालपोत अधिकृत कंडेलसहित ६ जना साढे ८ लाख घुससहित अख्तियारको नियन्त्रणमा

डिल्लीबजारका मालपोत अधिकृत कंडेलसहित ६ जना साढे ८ लाख घुससहित अख्तियारको नियन्त्रणमा

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेलसहित ६ जनालाई घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

आयोगबाट खटिएको टोलीले मालपोत अधिकृत रघुवंश कंडेल, ना.सु. क्रमश: उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई सेवाग्राहीबाट रु. ८,५०,०००।– (आठ लाख पचास हजार) घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका वडा नं. ९ सामाखुसी चोकस्थित स्कायी पार्टी प्यालेस अगाडिबाट नियन्त्रणमा लिएको हो ।

जग्गाको कित्ताकाट गर्न आदेश गराई दिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्