
कोरोना भाइरसको संक्रमण देखा परी अस्पताल भर्ना भएका ९ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले महेन्द्र गेनाई अस्पताल सिराहामा ६ जना, नारायणी अस्पताल वीरगञ्जमा रौतहटका २ जना र पर्साका १ जना गरी ९ जना डिस्चार्ज भएको जनाए।
हालसम्म १ हजार १६७ जना डिस्चार्ज भएर घर फर्किएका छन्। तीमध्ये एक हजार ५५ पुरुष र ११२ महिला रहेका छन्।
यसैगरी अहिलेसम्म एक लाख ४९ हजार ७७२ जनामा पिसिआर, दुई लाख ३३ हजार ९४३ जनामा आरडिटी परीक्षण गरिएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ।