०२ असार २०८३, मंगलबार

आइओएमको डीनमा दिव्यासिंह शाह नियुक्त

आइओएमको डीनमा दिव्यासिंह शाह नियुक्त

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा प्राडा दिव्यासिंह शाहलाई नियुक्त गरिएको छ ।

त्रिवि कार्यकारी परिषद्को बुधबारको बैठकले शिक्षण अस्पताल, मिर्गौला विभाग प्रमुख प्राडा शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको हो।

उनी  प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक पनि हुन्।


प्राडा प्रेम ज्ञवालीको संयोजकत्वमा रहेको सिफारिस समितिले प्राडा शाहसँगै प्राडा प्रदीप वैद्य, र प्राडा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।

 तत्कालीन डीन प्राडा जगदीश अग्रवालले जेठ २२ गते अवकाश पाएपछि उक्त पद रिक्त थियो। 

salt training

कमेन्ट गर्नुहोस्