
चिनियाँ सैनिकहरूसँगको भिडन्तमा भारतीय सैनिकहरूलाई कुटेर हत्या गरेपछि अंगभंग गरिएको भारतले आरोप लगाएको छ । अनि चिनियाँहरूले कीला खोपिएको मुंग्रो पनि प्रयोग गरेको भारतले जनाएको छ ।
सोमवार राति भएको भिडन्तमा बीसजना भारतीय सैनिक मारिएका थिए ।
शान्ति सन्धिका कारण वास्तविक नियन्त्रण रेखाको दुई किलोमिटरभित्र गोलीबारुद चलाउन नपाइने भएकाले घरेलु हतियारको उपयोग गरिएको थियो ।
चीनलाई उचित जवाफ फर्काउनुपर्ने भन्दै भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि चर्को दबाब परिरहेको छ ।
दुवै पक्षले गलवान उपत्यकामा भएको भिडन्तका लागि एकअर्कामाथि दोषारोपण गरिरहेका छन् ।