१९ असार २०८३, शुक्रबार

काठमाडौँ महानगरपालिकामा चुरेभावरको उम्मेदवारी घोषणा

कात्तिक २०, २०७४
काठमाडौँ महानगरपालिकामा चुरेभावरको उम्मेदवारी घोषणा
काठमाडौँ, १५ वैशाख - चुरेभावर राष्ट्रिय एकता पार्टीले काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी घोषणा गरेको छ ।badri neupane

पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिले आज पत्रकार सम्मेलनमार्फत सो घोषणा गरेको हो । प्रमुखका लागि पार्टीका केन्द्रीय कोषाध्यक्ष विदुरप्रसाद घिमिरे र उपप्रमुखका लागि सहकोषाध्यक्ष सम्झना श्रेष्ठले उम्मेदवारी दिनुहुनेछ ।

चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने र काठमाडौँका अध्यक्ष पूर्णबहादुर क्षेत्रीले निर्वाचन तोकिएको समयमा हुनुपर्नेमा जोड दिँदै प्रस्तावित संशोधन विधेयकमा उल्लेख भएको भाषा र स्थानीय तहको सङ्ख्या वृद्धिमा आफ्नो पार्टीका तर्फबाट आपत्ति जनाउनुभयो ।

यसैगरी राष्ट्रिय जनमोर्चाले काठमाडौँ पश्चिमभेगस्थित चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा रोशन दानीलाई अघि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्