०८ साउन २०८३, शुक्रबार

बै‌ंकर्स संघले बैंकहरूलाई भन्यो : चैतसम्मको कर तिर्नु

बै‌ंकर्स संघले बैंकहरूलाई भन्यो : चैतसम्मको कर तिर्नु

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संले चैत मसान्तसम्म तिर्नुपर्ने कर तिर्नका लागि बैंकहरूलाई आग्रह गरेको छ । 

संघको बुधवार बसेको बैठकले निर्णय गरेर सदस्य बैंकहरूलाई चैत मसान्तमा तिर्नुपर्ने कर तिर्न आग्रह गरिएको संघका अध्यक्ष भुवन दाहालले लोकान्तरलाई जानकारी दिए । 

‘बुधवार हामीले संघमा छलफल गरेर कर तिर्न आग्रह गर्ने निर्णय गर्यौ, आज सबै बैंकलाई पत्राचार गरिसकेका छौं,’ संघका अध्यक्ष दाहालले लोकान्तरसँग भने, सरकारलाई सहयोग पुगोस् भनेर हामीले यसो गरेका हौं ।’

सरकारले कर तिर्नका लागि असार ७ गते समय सीमा तोकेको छ । यद्यपी सर्वोच्च अदालतले लकडाउन सकिएको एक महिनाभित्रमा कर तिर्दा हुने गरी आदेश दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्