३१ असार २०८३, बुधबार

चीनको सामान बहिष्कार गर्दा भारतको अर्थतन्त्रमा असर पर्ने विशेषज्ञको भनाइ

असार ४, २०७७
चीनको सामान बहिष्कार गर्दा भारतको अर्थतन्त्रमा असर पर्ने विशेषज्ञको भनाइ

भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा चलिरहेको तनावपूर्ण स्थितिका कारण भारतभरि चिनियाँ सामान बहिष्कार अभियान चल्न थालेको छ । 

मानिसहरू आफैैंले किनेर घर ल्याएका चिनियाँ सामान फुटाउन थालेका छन् । यसो गर्नु भारतको हितमा छ त ? 

विशेषज्ञहरूका अनुसार, यसमा भारतीयहरूले सुझबुझ अपनाएनन् भने चीनलाई नै फाइदा पुग्छ र भारतलाई दोहोरो घाटा लाग्छ । 

भारत चीन व्यापारको आर्थिक विश्लेषक पंकज जायसवाल भन्छन्, ‘चिनियाँ सामानको पूरै मूल्य तिरिसकेको र भारतीय बजारमा आइसकेको अवस्थामा ती सामानलाई फ्याँक्नु वा डढाउँदा चीनलाई केही फरक पर्दैन । उसले

सामानको पूरा पैसा पाइसकेको छ । सीमापारिबाट ऊ भारतीयहरूले आफ्नो पूँजी नष्ट गरेको देखेर मुस्काउँछ । त्यो भनेको आफ्नै पूँजीमा आगो लगाएको जस्तो हो ।’
 

जायसवाल थप्छन्, ‘अब चाहिँ भारतको कुनै पनि व्यापारीले चीनसँग कुनै सम्झौता, व्यापार, ठेक्कापट्टा र आयात बन्द गर्ने निर्णय लिनुपर्छ । अर्थात् आयात नगर्ने अनि चिनियाँलाई भुक्तानी नदिने । सरकारले एक निर्णय लिएमा चिनियाँ सामानको आयात र आयातको माध्यमले भुक्तानी दुवै रोकिन्छ ।’

उनका अनुसार, सरकारले कि त चिनियाँ सामानमा प्रतिबन्ध लगाउनुपर्‍यो कि त चर्को आयातशुल्क निर्धारण गर्नुपर्‍यो । त्यसो गर्दा भारतको घरेलु उद्योग बाँच्छ र भारतीय बजारमा फेयर कम्पिटिसन हुन्छ । 

भारतका साना पसले, ठेलागाडामा सामान बेच्नेहरू र अन्य खुद्रा व्यापारीसँग भएका चिनियाँ सामान बहिष्कार गर्नुको कुनै अर्थ छैन । त्यसले भारतीय अर्थतन्त्रको मेरुदण्ड भाँचिदिन्छ किनकि ती सामानको पैसा चीनले धेरै अघि नै पाएर मुस्काएर बसेको छ । 

salt training

कमेन्ट गर्नुहोस्