
कर्णालीमा संक्रमण दिनानुदिन फैलिँदै गएको छ । बिहिवार थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ । प्रदेश अस्पताल/पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको १ सय २० जनामा कोरोना संक्रमण भेटिएको हो ।
प्रदेश अस्पताल/पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८६ जना र सुर्खेतका ३४ जनामा कोरोना संक्रमित फेला परेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय २४ पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो समय दैलेख महावै गाउँपालिकाको आइसोलेसनमा रहेका ६ जना, सुर्खेतको सालकोट आइसोलेनसनबाट ३ जना, दैलेख अस्पतालबाट एक जना, सुर्खेतको आइसोलेसन सेन्टरबाट १ जना कोरोना जितेर घर फर्किएको प्रमुख डा.तिवारीले बताए ।
कर्णालीमा हालसम्म कोरोना जितेर घर फर्कने ५ सय ५ जना महाशाखाले जनाएको छ ।
त्यस्तै, सुर्खेतको सिम्ला गाउँपालिका–८ मा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टी भएको र कर्णालीमा कारोनाका कारणले ४ जनाको ज्यान गएको प्रमुख डा.तिवारीले बताए ।