२८ असार २०८३, आइतबार

कोरोना भाइरस नियन्त्रण गर्न भारत असफल, एकैदिनमा १२ हजार ८८१ संक्रमित

कोरोना भाइरस नियन्त्रण गर्न भारत असफल, एकैदिनमा १२ हजार ८८१ संक्रमित

भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

भारतका स्वास्थ्य अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ३३४ रहेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या १२ हजार २३७ पुगेको छ ।

भारतमा प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १६ हजार ७५२ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कुल ५१ हजार ९३५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५९ हजार १६६ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ५० हजार १९३ जना रहेका छन् । राजधानी रहेको दिल्ली प्रदेशमा ४७ हजार १०२ जना सङ्क्रमित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्