
भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। भारतमा एकै दिन यतिधेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।
शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५ सय १६ जना संक्रमित भेटिएका हुन्। योसँगै भारतमा संक्रमितको संख्या चार लाखको नजिक पुगेको बताइएको छ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भारतभरमा भएका ती संक्रमितमध्ये १२ हजार ९ सय ७० व्यक्तिको मृत्यु भएको छ। भारतमा निको भएर घर फर्किनेको संख्या दुई लाख १४ हजार २ सय ९ रहेको छ। यहाँ अझै उपचाररत एक लाख ६८ हजार २६९ रहेको बताइएको छ।