२१ जेठ २०८३, बिहीबार

टिकट विवादमा माओवादीका सात नेताले दिए राजीनामा

कात्तिक २०, २०७४
टिकट विवादमा  माओवादीका सात नेताले दिए राजीनामा
सल्यान, १६ वैशाख– चुनाव नजिकिएसँगै दलहरुले स्थानीय तहमा उमेदवार चयनलाई तिब्रता दिएका छन् । उम्मेदवार चयनलाई तिब्रता दिएका प्रमुख दलहरुमा उम्मेदवार चयनमा असन्तुष्टि देखिएको छ ।


यसैक्रममा नेकपा माओवादी केन्द्रमा सातजना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । उनीहरुले उम्मेदवारी चयनमा चित्त नबुझेका कारण केन्द्रीय सदस्यबाट आफूहरुले राजिनामा दिएको जनाएका छन् ।

केन्द्रीय सदस्य ज्ञानबहादुर वल, सेतिराम वल, हरिलाल डिसी, सुम्निमा डिसी, टंकप्रसाद शर्मा, टिकाराम वली र कमला वलीले राजीनामा दिएका हुन् ।

उनीहरुले माओवादी केन्द्रले पार्टीको ६ नम्बर प्रदेशले अन्यायपूर्ण ढंगले बागचौर नगरपालिकाको लागि मेयर र उपमेयरका छनौट गरेको भन्दै राजीनामा दिएको बताएका छन् ।

लामो समयदेखि पार्टी लागेका पुराना अग्रज नेताहरु हुँदाहुँदै लोकमान बुढाथोकीलाई टिकट दिइएकोमा उनीहरुले आपत्ति जनाएका छन् । लोकमान बुढाथोकी सल्यान रुकुम यातायात समितिका अध्यक्षसमेत हुन् ।

उनीहरुले पार्टीमा लामो समय काम गरेका क्षेत्रमा योगदान पु-याएका नेतालाई पार्टीले धोका दिएको समेत आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्