१५ असार २०८३, सोमबार

बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी

असार १०, २०७७
बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी
प्रतिकात्मक तस्वीर

बैतडीमा विद्यार्थीको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको हो ।

कोरोना भाइरसका कारण विद्यालयहरू सञ्चालनमा नआएपछि वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीका विषयमा मंगलवार छलफल गरिएको छ । 

लामो समयदेखि घरमै बस्न बाध्य भएका विद्यार्थीको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्ने उद्देश्यले वैकल्पिक पठनपाठनका विषयमा छलफल भएको शिक्षा शाखा प्रमुख नाथले बताए । उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन गर्नका लागि विद्यालयका प्रधानाध्यापकसँग छलफल गरिएको छ ।’

स्थानीय एफएम रेडियोबाट कक्षा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । रोस्टर शिक्षक तयार गरेर स्थानीय एफएमबाट कक्षा सञ्चालनको तयारी गरिने नगरपालिकाले जनाएको छ । गएको चैतदेखि विद्यालयहरू बन्द हुँदा बालबालिकाको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठनका विषयमा छलफल भएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताए ।

छलफलमा सहभागी प्रधानाध्यापकले विद्यालयबाट तत्काल पढाइ सञ्चालन हुन नसक्ने भएकाले अन्य विकल्प खोज्नुपर्ने औंल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्