१० असार २०८३, बुधबार

सडक मर्मतको माग गर्दै युवाले गरे सडकमै धान रोपेर विरोध

असार १०, २०७७
सडक मर्मतको माग गर्दै युवाले गरे सडकमै धान रोपेर विरोध
फाइल फोटो

भारदह–राजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मंगलवार सडकमै धान रोपेर विरोध जनाएका छन् ।

तोपा गाउँस्थित सडकखण्डमा उनीहरूले सडकमै धान रोपेर विरोध जनाएका हुन् । सोही वडाका युवा कौशल यादवले जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती हुने गरेको बताए ।

‘सडक मर्मत सम्भारमा स्थानीय र संघीय सरकारले लामो समयदेखि कुनै चासो नदिएपछि बाध्य भएर आफूहरूले सडकमै धान रोपाइँ गर्नुपरेको हो,’ उनले भने ।

डेढ वर्षदेखि लथालिङ्ग सडकको अवस्थाप्रति सरकारको ध्यान नपुग्दा यो सडकमा कैयौं पटक दुर्घटना समेत हुने गरेको छ । आफूहरूलाई सडकमा रोपाइँ गर्नु रहर नभई बाध्यता नै बनेको कौशलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्