०८ साउन २०८३, शुक्रबार

यी हुन् नेकपा स्थायी कमिटी बैठकका ५ एजेण्डा

यी हुन् नेकपा स्थायी कमिटी बैठकका ५ एजेण्डा
फाइल फोटो

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा सरकारका काम कारवाहीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शुरू भएको छ ।

बैठकका लागि ५ वटा एजेण्डा तय भएको छ । 

पहिलो एजेन्डाको रूपमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सन्दर्भमा अध्यक्षद्वयको मन्तव्य राख्ने कार्यक्रम छ ।

दोस्रो नम्बरमा सरकारको कामको सन्दर्भ छ । 

सरकारको कामको सन्दर्भमा कोरोना नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी तथा नेपालको सीमा समस्या समाधान तथा अन्य गरी तीनवटा उपशीर्षक तय गरिएको छ । 

तेस्रो एजेन्डाका रूपमा पार्टी एकताका बाँकी काम चौथो एजेन्डा एमसीसी रहेको छ । पाँचौ नम्बर एजेन्डाका रूपमा विविध राखिएको छ ।

बैठकको शुरूमा आज अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्