०८ साउन २०८३, शुक्रबार

काठमाडौं महानगरपालिकाले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

काठमाडौं महानगरपालिकाले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गरेकी हुन् ।

उनले प्रस्तुत गरेको बजेटमा आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ ।  यो कुल बजेटको १ दशमलव ५ प्रतिशत हो ।

त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरिएको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो ।  

काठमाडौं महानगरपालिकाले पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब  ४३ करोड ४३ लाख ७१ हजारको बजेट  विनियोजन गरिएको छ ।  यो कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो ।  

सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको १५ दशमलब २२ प्रतिशत हो ।  

त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख  बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको ५ दशमलब ८६ प्रतिशत हो ।

सशर्त अनुदानतर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको १५ दशमलब ६८ प्रतिशत हो ।  

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ का लागि  रु १६ अर्ब  ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ, जसमध्ये अन्तरिक स्रोतबाट कुल रु ६ अर्ब  ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ ।  यो कुल आम्दानीको ४१ प्रतिशत हो ।

त्यसैगरी बाह्य स्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब  ४२ करोड ४८ लाख ९५ हजार, सशर्त अनुदानबाट रु २ अर्ब  ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ताबापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब  १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।

जुन कूल आम्दानीको ३७ दशमलब ५० प्रतिशत हो ।

कुल आम्दानीमा नपुग हुने रकम रु ३ अरब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो  कूल आम्दानीको २१ दशमलव ३० प्रतिशत हो ।

salt training

कमेन्ट गर्नुहोस्