०८ साउन २०८३, शुक्रबार

शितल निवास बोलाएर नेताहरुलाई राष्ट्रपतिको सन्देश

शितल निवास बोलाएर नेताहरुलाई राष्ट्रपतिको सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुसँग शितलनिवासमा छलफल गरेकी छन्।

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या दिनप्रतिदिन बढिरहेका बेला राष्ट्रपति भण्डारीले नेताहरुलाई शितलनिवास बोलाएर छलफल गरेकी हुन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले नेताहरुलाई राष्ट्रिय एकता कायम गर्न आह्वान गरेकी छन्।

 लिम्पियाधुरासहितको नक्सा जारी गर्ने विषयमा राष्ट्रिय एकता कायम भएको थियो। यसका निम्ति उनले नेताहरुलाई धन्यवाद पनि दिएकी छन्।

भण्डारीले  कोरोना संकट नियन्त्रण, चुरे संरक्षण र वातावरण प्रदूषण नियन्त्रणमा पनि सोही प्रकारको एकता खोजेकी हुन्।


शितल निवासमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोट, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, कांग्रेस नेता रामशरण महतलगायत पुगेका थिए।

salt training

कमेन्ट गर्नुहोस्