०६ साउन २०८३, बुधबार

कांग्रेसले अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित

असार १०, २०७७
कांग्रेसले अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित
फाइल फोटो।

कर्णाली प्रदेशसभाका छैटौँ अधिवेशनको २१औँ बैठक स्थगन भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभा अवरुद्ध गरेपछि बैठक स्थगन भएको हो । 

 सभामुख राजबहादुर शाहीले २१औँ बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकमाथिको छलफल प्रारम्भ गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ढ्याप्ढ्यापे सङ्केत दिएका थिए।
    
तत्श्चात् सभामुख शाहीले के हो? भनेर प्रश्न गरे। जवाफमा नेता शाहीले आव ०७७÷७८ को वार्षिक विकास कार्यक्रमको किताब आर्थिक मामिला तथा योजना मन्त्रालयले नभई कर्णाली प्रदेश योजना आयोगले प्रकाशन गर्नुपर्ने बताए । विनियोजन विधेयकको मर्म र भावनाविपरीत त्रुटि भएको र अपूर्ण वार्षिक विकास कार्यक्रमको किताब ल्याइएको उनले बताए। 
    
‘आव ०७७÷७८ को वार्षिक विकास कार्यक्रममा प्रदेश सरकारको ‘दीर्घकालीन सोच’ को लक्ष्य, उद्देश्य र रणनीति आर्थिक वृद्धिदरको लक्ष्य उल्लेख गरिएको छैन,’ नेता शाहीले भने, ‘वार्षिक विकास कार्यक्रम भनेर किताब ल्याइँदा पुँजीगत र साधारण खर्च हुनुपर्नेमा त्यो पनि आएको छैन ।’
    
यस्तो अवस्थामा बैठक अगाडि बढ्न नदिने भन्दै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरेपछि सभामुख शाहीले असार ११ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरे। 

salt training

कमेन्ट गर्नुहोस्