
एनआइसी एशिया बैंकले चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत आफ्ना दुई जना ग्राहकलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख बीमा रकम भुक्तानी गरेको छ ।
चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नु भएका नवलपरासीस्थित भुमई निवासी श्री दिपक श्रेष्ठज्यूलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी वसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो ।
सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ ।
उच्च व्याजदर र अतुलनीय फाइदाले भरिपूर्ण बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको छ ।
यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ र सो सुविधाबाट प्राप्त हुने ग्राहक महानुभावहरूलाई फाइदा साच्चिकै चमत्कारिक रहेको छ ।
बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक योजना अन्तर्गत खाता खोल्दा न्यूनतम रू.२० हजार देखि रू.१ लाख ६० हजारसम्मको फाइदा हुने चमत्कारिक फाइदा योजना ल्याएको छ ।
यस खातामा प्राप्त रू.२१ लाखसम्मको बीमा छुट्टै किसिमले गर्नुपरेमा करिब रू.१४ हजार बराबर बीमा शुल्क वापत थप बुझाउनु पर्ने हुन्छ । जसकारण ग्राहकवर्गलाई करिब रू.१४ हजार प्रत्यक्ष फाइदा पुग्छ ।
त्यस्तै कर्जा सम्बन्धीे चमत्कारिक सुविधाबाट रू.१ लाख १३ हजारसम्मको फाइदा लिन सक्नुहुनेछ भने नेपालभरका एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल/इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क क्ष्ख्च् सेवा, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत जम्मा सेवाको बजार मुल्य गणना गर्दा खातावालाले करिब रू.८७ हजार बराबरको फाइदा लिन सक्नेछन् ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १६० जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू.१ करोड ३३ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।